कांग्रेसको केन्द्रीय समितिको बैठक सकियो, पदाधिकारी बढाउने प्रस्ताव भएन पेस
नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठक सकिएको छ ।
बिहीबारको बैठकमा पदाधिकारी थप गर्ने विषयमा प्रस्ताव लैजाने तयारी गरिएको भए पनि पेस नभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा केन्द्रीय कार्य समिति र पदाधिकारीको संख्या थप्ने प्रस्ताव तयारी गरीए पनि पेस हुन सकेन ।
अन्तिम समयमा पदाधिकारी र केन्द्रीय समितिको सङ्ख्या थप गर्दा महाधिवेशन प्रभावित हुन सक्ने भन्दै नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले आपत्ति जनाएका थिए । उनीहरु दुवै जना आजको बैठकमा पनि अनुपस्थित थिए ।