Logo
४ आश्विन २०८१, शुक्रबार
(December 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना : ११ जनाको शव फेला,रावतको अवस्था गम्भिर (तस्बिरसहित)

हेलिकोप्टर दुर्घटनामा भारतीय चिफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावत गम्भीर घाइते भएका छन् । तामिलनाडुको कुन्नुरस्थित घना जंगलमा बुधबार भएको सेनाको हेलिकोप्टर दुर्घटनामा परि उनी गम्भीर घाइते भएका हुन्।

गम्भीर घाइते बनेका रावतलाई वेलिङटनस्थित सैनिक अस्पतालमा भर्ना गरिएको र उनको पछिल्लो अवस्थाबारे भने कुनैपनि आधिकारिक जानकारी उपलब्ध नभएको भारतीय मिडियामा खबर छ।

१४ जना भारतीय सेनाका वरिष्ठ अधिकारी सवार सेनाको हेलिकोप्टर तामिलनाडुस्थित कुन्नुरको घना जंगलमा दुर्घटनाग्रस्त भएको हो । सो हेलिकोप्टर दुर्घटनामा परि ११ जनाको मृत्यु भएको छ भने अन्य तीनजनाको उद्धार गरिएको बताइएको छ ।

रावत आफ्नी पत्नीका साथ वेलिंगटनमा आयोजित एक कार्यक्रममा सहभागी हुन हेलिकोप्टरमार्फत सवार हुँदै थिए । सो कार्यक्रममा रावतले वक्तव्य दिने कार्यसूची थियो। रावत भारतीय सेनाका पुर्वस्थल सेनाध्यक्ष समेत हुन् ।

यसअघि रावत चढेको हेलिकोप्टर सन् २०१५ फेब्रुअरी ३ मा नागाल्याण्डस्थित दिमापुरमा दुर्घटनामा परेको थियो। सो समयमा भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको पदमा रहेका थिए ।

 


*तस्बिर आजतक अननलानबाट

प्रकाशित मिति: Dec 8, 2021

प्रतिक्रिया दिनुहोस्