Logo
६ पुस २०८१, शनिबार
(December 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसीको विरोधमा मंसिर २८ गते संसद भवन घेराउ गर्ने विप्लवसहित ६ पार्टीको निर्णय

राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेको दिन मंसिर २८ गते दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले संसद भवन घेराउ गर्ने निर्णय गरेको छ ।

आज (बुधबार ) राजधानीमा बसेको गठबन्धनको बैठकले एमसीसीको विरोधमा मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय भएको नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिएका छन् ।

उनका अनुसार मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ गर्ने निर्णय भएको छ भने २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

थप कार्यक्रम आवश्यकता अनुसार तय गरेर आन्दोलनलाई जारी राखिने निर्णय समेत भएको गजुरेलले बताए ।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद अधिवेशन आह्वान गरेकी थिइन् ।

सो अनुसार संघीय संसदको दुबै सदनको बैठक मंसिर २८ गते मंगलबार दिउँसो २ बजे बस्ने तय भएको छ ।सो बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव जानसक्ने चर्चाका बीच ६ दलीय मोर्चा तातेको हो ।

छ दलीय मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दल तथा मोर्चा संगठन रहेका छन् ।

 

प्रकाशित मिति: Dec 8, 2021

प्रतिक्रिया दिनुहोस्