भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूत सुनुवाइ समितिबाट अनुमोदित
संसदीय सुनुवाइ समितिले भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली राजदूतको नाम अनुमोदन गरेको छ।
सोमबार बसेको समितिको बैठकले तीन देशका प्रस्तावित राजदूत क्रमशः शंकर शर्मा, श्रीधर खत्री र ज्ञानचन्द्र आचार्यको नाम सर्वसम्मत अनुमोदन गरेको
समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
समितिले राजदूत सिफारिस समावेशी बनाउन पनि सरकारलाई निर्देशन दिएको छ।