Logo
४ आश्विन २०८१, शुक्रबार
(December 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ आयातनिर्यात गर्न पाउने

नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ आयातनिर्यात गर्न पाउने भएको छ।

नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई खतराजन्य पदार्थको आयातनिर्यात गर्न पाउने प्रमाणपत्र हस्तान्तरण गरेको हो।

प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले कार्गोको रुपमा तीन गुणा बढी शुल्क तिरी यस्ता वस्तुहरु निगमको जहाजले ढुवानी गर्न पाउने भएको बताए।

उनले भने, ‘प्राधिकरणले जहाजले कुन सामान बोक्न पाउने र नपाउने सूचीकरण गरेको हुन्छ, त्यसमा अबदेखि भने कार्गोको रुपमा तीन गुणा बढी शुल्क तिरी यस्ता वस्तुहरु वायुसेवा निगमको जहाजले ढुवानी गर्न पाउने प्रमाणपत्र दिएका हौँ।’

सोमबार मन्त्रालयमा कार्यक्रम नै राखेर नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र प्रदान गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पे्रम आलेले खतराजन्य पद्धार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि भएको बताए।

मन्त्री आलेले खतराजन्य पदार्थ आयातनिर्यातमा अब व्यवसायीहरुलाई झन्झट नहुने र नाफा हुने बताए। स्थानीय लेभलमा व्यवसायीहरुलाई पनि हरेक ठाउँमा झन्झट हुने गरेको बताउँदै मन्त्री आलेले सामान ल्याउँदा खेरी कम्तीमा अब डाइरेक्ट आउन सक्ने बताए।

‘जुन सामानहरु हामी बाहिरबाट क्यारी गर्छौ त्योभन्दा दुई/तीन गुणा बढी हामीले पाउने भयो। जुन जुन फ्लाइटमा यात्रु नभएको अवस्थामा पनि डेन्जरस् गुड क्यारी गरेर हामी यहाँ ल्याउँछौँ यसले नाफा दिन्छ’, आलेले भने।

मन्त्रालयमा भएको कार्यक्रममा नेपाली ध्वजावाहक जहाजलाई नाफामा पु¥याउने चाहना राखेको बताए।

अहिले नेपाल वायुसेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले निगमलाई कुनै पनि हालतमा माथि उठाउनुपर्ने बताए।

‘ध्वजावाहक जहाज भनेको यो नेपाली जनताले राजस्व तिरेर, कर तिरेर बनेको यो निगम हो। यसलाई कुनै पनि हालतमा माथि उठाउनैपर्छ। यो मन्त्रालयले हरेक खर्चमा पनि मितव्ययिता अपनाएको छ’, आलेले भने, ‘अहिले पनि हामीलाई ५० अर्बभन्दा बढी ऋण छ। हामी एकदमै चिन्तित छौँ। ९ प्रतिशत हामीले ब्याज तिरिराख्नुपरेको छ।’

उनले विभिन्न समस्या समाधान गर्नका लागि यहाँ आएको बताए।

प्रकाशित मिति: Dec 6, 2021

प्रतिक्रिया दिनुहोस्