Logo
४ आश्विन २०८१, शुक्रबार
(December 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैलाली बडुवाल हत्या प्रकरण : २१ अभियुक्तमध्ये १२ पक्राउ, ९ फरार

कैलालीका युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले २१ जनालाई अभियुक्त बनाएको छ। तीमध्ये १२ जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ भने ९ जना अझसम्म पनि फरार छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गर्दै घटनामा पक्राउ परेकाहरूको विवरण सार्वजनिक गरेको हो। प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार हत्या आरोपमा लम्कीचुहा नगरपालिका–३ चिसापानीका २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही छन्। यस्तै सोही नगरपालिका वडा नम्बर १ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ र १८ वर्षीय गोलु भन्ने निशान्त मल्ल पनि पक्राउ परेका छन्।

यसैगरी, वडा नम्बर ५ का २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका वडा नम्बर १ का २३ वर्षीय प्रबिण रिमाल, बर्दिया राजापुर बस्ने २१ वर्षीय रोहित आले, टीकापुर ब्लक नम्बर १४ बस्ने २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका वडा नम्बर २ झगढपुर बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दिया ठाकुरबाबा वडा नम्बर ३ गोदाना बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाहीलाई पनि पक्राउ गरिएको अधिकारीले जानकारी दिए।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानी बस्ने २७ वर्षीय नविन रावल, चिरञ्जीबी जंग शाही, हिमाल शाही, जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुरका जयन्द्र शाह, टीकापुर नगरपालिका वडा नम्बर १ बस्ने बिकास शेरचन, लम्कीचुहा नगरपालिका–४ बस्ने रोशनबहादुर शाही, टीकापुर–६ बस्ने अशोक रावल, लम्कीचुहा–३ बस्ने लोकजंग शाही र बर्दिया गरुवा वडा नम्बर ५ बस्ने हेमन्त शाही भने फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

नविन, धिरज, आर्यन, मदन, निशान्त, विकास, प्रविण, रोहित, सोहन, चिरञ्जीवी, हिमाल, विकास खड्का, रोशन, अशोक र हेमन्त शाहीलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम हुने अधिकतम सजाय मागदाबी गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए। लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७ (२) बमोजिम (जन्मकैद) तथा लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ (३) (क) बमोजिम कसुर गरे सो सरह जन्म कैदको सजाय माग दावी गरिएको छ।

कार्तिक २७ गते लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २३ वर्षीय भुपेन्द्र बडुवालको शव धारिलो हतियार प्रहार गरी टीकापुरमा हत्या गरिएको अवस्थामा भेटिएको थियो।

प्रकाशित मिति: Dec 6, 2021

प्रतिक्रिया दिनुहोस्