Logo
४ आश्विन २०८१, शुक्रबार
(December 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपामा नेतृत्व परिवर्तन : शपथग्रहण कार्यक्रममा गएनन् कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनबाट निर्वाचित भएका अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम प्रज्ञा प्रतिष्ठानको भवनमा जारी छ।

आइतबार आएको मतपरिणाममा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी भएका थिए। तर, प्रमाणपत्र वितरण र शपथ ग्रहण कार्यक्रममा थापा उपस्थित छैनन्। पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी भने उपस्थित छन्। निर्वाचनमा जबराले थापालाई र लोहनीले लिङ्देनलाई समर्थन गरेका थिए।

पराजित भएका थापाले पूर्वराजा ज्ञानेन्द्रलाई दोषारोषण गरेका थिए। उनले निर्मल निवासले नाङ्‍गो हस्तक्षप गरेको भन्दै २०६३ सालदेखि राजसंस्था बोकेको पुरस्कार पाएको बताएका थिए।

निर्वाचनमा खसेको मतमध्ये लिङ्देनले १८ सय १७ मत पाएका थिए भने थापाले १६१७ मत पाएका थिए। ४३१ मत भने बदर भएको थियो।

प्रकाशित मिति: Dec 5, 2021

प्रतिक्रिया दिनुहोस्