Logo
७ पुस २०८१, आईतबार
(December 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मतदाता नामावली विवादका कारण राप्रपाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन भोलि मात्रै हुने

राप्रपाको एकता महाधिवेशनमा प्रतिनिधिको नाममा विवाद सृजनाभएपछि निर्वाचन एक दिन पर धकेलिएको छ ।

राप्रपा महाधिवेनशको पूर्व निर्धारित कार्यतालिका अनुसार आज निर्वाचन हुनुपर्नेमा तर महाधिवेशनको दोस्रो दिन हिजो प्रतिनिधिको विवाद मिलाउन केही सयम लागेपछि निर्वाचन भोलि मात्रै हुने भएको हो ।

जिल्लाबाट आएकोभन्दा फरक व्यक्तिको नाम प्रतिनिधिमा समावेश गरिएको भन्दै विरोध भएपछि केन्द्रीय निर्वाचन समितिले छानबिन गरेर टुंग्याएको छ ।

छानबिन टोलीले टुंग्याएको नामलाई केन्द्रीय निर्वाचन समितिले हिजो साँझ सार्वजनिक गरेको छ । मतदाता नामावलीमाथिको दाबी विरोधो समय आज बिहान साढे सात बजेबाट सुरु भएको छ ।

आजै ११ देखि साढे १ बजेसम्म उम्मेदवारी दिने समय तोकिएको छ । अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ ।

राप्रपाको नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष कमल थापा र झापाका सांसद राजेन्द्र लिङ्देन प्यानल बनाएरै चुनावमा होमिएका छन् ।

 

प्रकाशित मिति: Dec 3, 2021

प्रतिक्रिया दिनुहोस्