कोरोनाको नयाँ भेरियन्टको खतराका कारण इजरायलले १४ दिनका लागि सबै विदेशीमाथी यात्रामा प्रतिबन्ध
कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै इजरायलले सबै विदेशीमाथि १४ दिनका लागि आफ्नो देशमा प्रवेश गर्न रोक लगाउने भएको छ ।
संसारका विभिन्न देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध यात्रा गरेको छ तर इजरायल एक कदम अघि बढ्दै सबै विदेशीमाथि १४ दिनको यात्रा प्रतिबन्ध लगाएको हो ।
इजरायलले १४ दिनका लागि विदेशीलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाउने भएको छ । स्थानिय मिडियाका रिपोर्ट अनुसार कोरोना संक्रमणलाई बढ्नबाट रोक्नका लागि इजरायलले यो प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
मन्त्रीमण्डलको मञ्जुरीपछि आइतबार मध्यरातदेखि यो प्रतिबन्ध प्रभावकारी हुने आशा गरिएको छ ।