नेपाल बारले आज देशका १८ वटै उच्च अदालतहरुमा विरोध सभा गर्ने
नेपाल बार एशोसियसनले देशका १८ वटै उच्च अदालतहरुमा आज विरोध सभा गर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजिनामा माग्दै एक महिनादेखि आन्दोलनमा रहेको बारे आज विरोध सभा गर्ने भएको हो ।
देशका १८ वटै उच्च अदालत रहेका स्थानमा विरोध प्रदर्शन र सभा गर्न बारले मातहतका इकाईहरुलाई निर्देशन दिएको छ । १८ वटै उच्च अदालतमा केन्द्रीय प्रतिनिधि पनि खटाइएको बार महासचिव लीलामणि पौडेलले एक विज्ञप्ति मार्फत जानकारी दिए ।
विरोध कार्यक्रम अनुसार बारको केन्द्रीय नेतृत्व भने पाटन उच्च अदालत परिसरमा हुने विरोध कार्यक्रममा सहभागी हुने छ ।