Logo
४ आश्विन २०८१, शुक्रबार
(November 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको दशौं महाधिवेशन : नारायणी किनारबाट भोलि बाइक र्‍याली, ४५ स्थानमा स्वागतद्वार बनाइर्दै

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा मंगलबार नारायणी किनारबाट मोटरसाइकल र्‍याली निकालिने भएको छ। राष्ट्रिय महाधिवेशन प्रचार सहयोग समिति चितवनद्वारा सोमबार प्रकाशित विज्ञप्ति अनुसार दिउँसो १ बजे उद्घाटनस्थलबाट र्‍यालीको तयारी गरिएको हो।

चितवनमा विभिन्न ६ समिति बनाएर काम भइरहेको छ। जसअन्तर्गतको जनपरिचालन समितिले घरघरमा दशौं महाधिवेशनको निमन्त्रणापत्र वितरणका काम गरिरहेको छ।

त्यस्तै, प्रचार सहयोग समिति अन्तर्गत जिल्लाको विभिन्न ४५ स्थानमा स्वागतद्वार निर्माणको काम अघि बढिरहेको जानकारी विज्ञप्तिमा दिइएको छ।

‘प्रचार सामग्री वडा तहसम्म पुर्‍याउनेकाम भइसकेको छ। थप प्रचारका लागि सडक किनारामा पोलहरुमा झण्डा तथा ध्वजापतका लगाउने काम थालिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘करिब ६० हजार पार्टीको झण्डा र चुनाव चिह्न अंकित झण्डा बनाउने काम सुरु भएको हो। जिल्लाभरि माइकिङ गर्ने तयारी भइरहेको छ।’

महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुनका लागि चितवनबाट मात्रै ६०० भन्दा बढी सार्वजनिक सवारीसाधन प्रयोग गरिने जानकारी पनि विज्ञप्तिमा गराइएको छ।

प्रकाशित मिति: Nov 22, 2021

प्रतिक्रिया दिनुहोस्