न्यायालय सुदृढीकरणको माग गर्दै बारले बुझायो सभामुख सापकोटालाई ज्ञापनपत्र
न्यायालय सुदृढीकरणको माग गर्दै नेपाल बार एसोसिएसनले सभामुख अग्नि सापकोटासमक्ष आज ज्ञापनपत्र बुझाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणको माग गर्दै बारले सोमबार ज्ञापनपत्र बुझाएको हो ।
सोमबार दिउँसो २ बजे बारको टोलीले संसद् सचिवालयमा गएर सभामुख सापकोटालाई भेटेको थियो ।उक्त भेट्मा प्रधानन्यायाधीश जबरामाथि उठेका प्रश्नबारे संसद्को ध्यानाकर्षण गराउन भन्दै बारको टोलीले सभामुख सापकोटालाई ज्ञापन पत्र बुझाएको हो ।
भेटमा बारका कानुन व्यवसायीहरुले सर्वोच्चमा जारी आन्दोलन तथा न्याय क्षेत्रका बेथितीहरुको बारेमा चर्चा समेत गरेका थिए ।