नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्दै
नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्दैै छ । बैंकले ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाख, १८२ दिन अवधिको रु १२ अर्ब ४७ करोड तथा ३६४ दिन अवधिको ११ करोडको ट्रेजरी आज बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।
बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी फागुन १० गते, १८३ दिने ट्रेजरी २०७९ जेठ १० तथा ३६४ दिने ट्रेजरी २०७९ मङ्सिर ६ गते परिपक्व हुनेछ ।
यसअघि यही कात्तिक २९ मा बैंकले रु ११ अर्ब ८५ करोड ५० लाखको ट्रेजरी बिक्री गरेको थियो ।ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज अपराह्न २ बजे खुला हुने बैंकले जनाएको छ ।
बोलकबोलमा सहभागी हुनेमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।राष्ट्र बैङ्कले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।