अब काठमाडौंदेखि बेंग्लोर,मुम्बई र बनारस उडान सुचारु हुने
अब काठमाडौंदेखि बेंग्लोर,मुम्बई र बनारस उडान सुचारु हुने भएको छ ।
कोरोना माहामारीका कारण २०७६ साल चैतबाट रोकिएको काठमाडौंदेखि मुम्बई, बेंग्लोर र बनारस उडान २० महिनापछि सुचारु हुने भएको हो ।
लकडाउनका कारण बन्द भएका उडान अब दुवै देशको अनुमति प्राप्त निजी वायुसेवाले पनि नेपाल भारत उडान गर्न पाउने भएका छन् ।
भारतले गत साता दुवै देशका वायुसेवाले सातामा ५६ वटा उडान गर्न सक्ने प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावमा छलफल गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतलाई ०७६ चैत अघिकै अवस्थामा भइरहेका उडान सुचारु गर्न प्रस्ताव पठाउने निर्णय गरेको हो ।