Logo
४ आश्विन २०८१, शुक्रबार
(November 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शशांक कोइराला र प्रकाशमान सिंहबीचको भेटवार्तामा केके भयो ?

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । भेटवार्ताको सुरुवातमै शशांकले प्रकाशमानलाई ‘सरी’ भनेका छन् । आफ्नो यसअघिको अभिव्यक्तिबाट रिसाएको भन्दै शशांकले प्रकाशमानसँग माफी मागेका हुन् ।

महामन्त्री कोइराला सिंहलाई भेट्न चाक्सीबारीस्थित निवासमा पुगेका थिए । भेटमा संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय गर्नेबारे छलफल भएको बताइएको छ ।

महामन्त्री कोइरालाले केही दिनअघि सिंहबारे गरेको टिप्पणीका कारण दुई नेताबीच दूरी बढेको बताइएको थियो । हालै एक भाषणमा शशा‌कले प्रकाशमानलाइ काठमाडाैं बाहिरका मान्छेले नचिन्ने टिप्पणी गरेका थिए । सिंहलाई भेटेर कोइरालाले मिडियामा आएजस्तो आफूले अवमूल्यन नगरेको बताएका छन् ।

‘तपाईं कांग्रेसको उपसभापति र महामन्त्री भइसकेको नेता हो । काठमाडौंमा तपाईंको पकड बलियो छ भन्ने मेरो आशय हो । अन्यथा नलिनुहोला’, भेटमा कोइरालाले भनेका छन् ।

सिंहले आफू सभापति लड्ने तयारीमा रहेकोले सहयोग गर्न कोइरालासँग आग्रह गरेका छन् । सिंहले वीपी र गणेशमानको उदाहरण दिदै आफू सहकार्यका लागि सधैं तयार रहेको बताएका छन् । दुवै नेताबीच साझा उम्मेदवार तय गर्न निरन्तर संवाद गर्ने सहमति बनेको छ ।

प्रकाशित मिति: Nov 20, 2021

प्रतिक्रिया दिनुहोस्