केपी ओलीलाई प्रचण्डले दिए ‘खलनायक’ को संज्ञा !
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई खलनायकको संज्ञा दिएका छन् ।
शनिबार रौतहटको कटहरिया आयोजित सभालाई सम्बोधन गर्दै उनले ओलीलाई खलनायकको संज्ञा दिएका हुन् ।
आफूले मधेसी जनताको माग सम्बोधनका लागि संविधान संशोधन प्रस्ताव टेबुल गरे पनि ओलीले पारित गर्न अवरोध गरेको प्रचण्डको भनाइ छ । ‘मैले मधेसी जनताको अधिकारका लागि संविधान संशोधन प्रस्ताव अघि सारेको थिएँ । केपी ओली भन्ने खलनायकले त्यसलाई पारित हुन दिएनन्,’ प्रचण्डले भने ।
ओलीले आफूलाई संघीयतावादी र माओवादीलाई संघीयता विरोधी भनेर स्थापित गर्न खोजेकाले त्यसको भ्रममा नपर्न प्रचण्डले आग्रह गरे । ‘संघीयताकै लागि जनयुद्ध लडेको माओवादी विरोधी, राजावादीहरूसँग साँठगाँठ गर्ने चाहिँ संघीयता पक्षधर कदापी हुन सक्दैन । माओवादीले संघीयतालाई छोड्नै सक्दैन तपाईंहरू भ्रममा नबस्नुस्,’ उनले भने ।
आगामी निर्वाचनमा प्रदेश १ माओवादीमय बन्ने प्रचण्डको दाबी छ ।