क्षेत्रीय सभापतिमा श्यामलाल मेहता निर्विरोध, उपसभापतिमा चिरञ्जीवी बस्नेत
प्रदेश १ स्थित सुनसरीको प्रदेशसभा क्षेत्र नम्बर २ को (ख) सभापतिमा देवानगंजका श्यामलाल मेहता निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत देवनारायण यादवका अनुसार सबै पदमा आवश्यकता अनुसारकै उम्मेदवारहरुले उम्मेदवारी दिएपछि सबैजना निर्विरोध भएका हुन् ।
यद्यपि यसको औपचारिक घोषणा गरिएको छैन । निर्वाचन कार्यातालिका अनुसार शुक्रबार उम्मेदवारी मनोनयन र शनिबार निर्वाचन तोकिएकोले यसको औपचारिक नगरिएको हो ।
निर्वाचन अधिकृत यादवका अनुसार सभापतिमा श्यामलाल मेहता सहित निर्विरोध हुनेहरूमा उपासभापतिहरु चिरञ्जीवी बस्नेत र श्रवण यादब सचिबमा प्रकाश मेहता र अन्जन बिष्टसहितका नेताहरू निर्विरोध भएका छन्।
त्यसैगरी प्रदेश अधिवेशन प्रतिनिधि र सबै क्षेत्रीय सदस्यहरुमा निर्विरोध भएका छन् । सुनसरीको दक्षिणीभेगले पहिलोपटक पार्टीको क्षेत्रीय सभापति जस्तो महत्त्वपूर्ण पद पाएका हुन् ।