अमेरिकी सहायक विदेशमन्त्री लु र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
सहायक विदेशमन्त्री लुले बिहीबार प्रचण्ड निवास खुमलटारमा दाहालसँग शिष्टाचार भेट गरेका हुन् । भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि सहभागी थिए ।
आजै विदेशमन्त्री लुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी दिएको छ ।भेटवार्तामा नेपाल र अमेरिकाबीचको द्धिपक्षीय सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ । उनी दुई दिने भ्रमणका लागि बुधबार नेपाल आएका थिए ।