Logo
४ आश्विन २०८१, शुक्रबार
(November 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चमा गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोक्ने निर्णय, न्यायाधीशहरू इजलास फर्किने

सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको फुलकोर्ट बैठकले गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरु समेत बिहीबार फुल कोर्ट बैठकमा सहभागी थिए।

बिहीबारको फुल कोर्ट बैठकले गोलाप्रथा प्रणालीसँग सम्बन्धित नियमावली र निर्देशिका स्वीकृत गरेको छ। बैठकबाट स्वीकृत नियमावली र निर्देशिका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने र राजपत्रमा सूचना प्रकाशित भएपछि न्यायाधीशहरुले मुद्दा हेर्ने समझदारी बनेको बताएको छ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आएका न्यायाधीशहरु पनि गोला तानेर मुद्दा हेर्न तयार भएका छन्।

प्रकाशित मिति: Nov 18, 2021

प्रतिक्रिया दिनुहोस्