प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज फुलकोर्ट बोलाएका छन्।प्रधानन्यायाधीश जबराले बिहीबार दिउँसो बस्ने गरी बैठक बोलाएका हुन्।
यता प्रधानन्यायाधीशप्रति असन्तुष्ट न्यायाधीशहरुले गोलाप्रथाको नियमावली र कार्यविधि परिवर्तन गर्ने तयारीमा छन्।
नेपाल बारले आज पनि सर्वोच्च परिसरमा प्रधान्यायाधीशविरुद्ध धर्ना जारी राखेका छन्। सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ।
झडपमा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएकका हुन् ।