प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीमाथि प्रहरीको बल प्रयोग
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको माग गर्दै आज पनि नेपाल बार एशोसियशनले आन्दोलन गरीरहेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायतमाथि प्रहरीले हातपात गरेको छ ।
वकिलहरुले दंगाप्रहरी निषेध गर, विधिको शाषन कायम गर, विचौलिया प्रधानन्याधीशलाई खारेज गर, न्यायपालिकामा राजनीतिक हस्तक्षेप बन्द गर जस्ता नारा लगाएका छन् ।
पछिल्ला दिनमा प्रधानन्यायाधीशको राजीनामा माग्दै असन्तुष्ट बनेका ‘विद्रोही न्यायाधीश’ मा विभाजन आएको छ । केही न्यायाधीशले इजलास फर्केर नियमित मुद्दाको सुनुवाइ थालेका छन् ।
आन्दोलनरत वकिलहरुले भने आज आन्दोलनको सेमिफाइनल र भोलि फाइनल हुने बताएका छन् । संवाद र वार्ताबाट समाधान खोज्न जबराले गरेको आग्रहलाई बारले अस्वीकार गरेको छ ।