Logo
४ आश्विन २०८१, शुक्रबार
(November 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेखरलाई सभापतिको उम्मेदवार बनाउने कोइराला परिवारको तयारी, सहयोग गर्न शशांक सकारात्मक !

कोइराला परिवारबाट नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेता शेखर कोइरालालाई सभापतिको उम्मेदवारी बनाउने तयारी भएको छ । सभापतिमा दाबेदारी प्रस्तुत गरिरहेका महामन्त्री डा. शशांक कोइराला शेखरलाई सहयोग गर्न सकारात्मक देखिएका छन् ।

सार्वजनिक रूपमै शशांकले शेखरलाई सभापतिको उम्मेदवारीका निम्ति अरुलाई मनाउनुपर्ने भनिसकेका छन् । सोमबार सर्लाहीमा आयोजित कार्यक्रममा उनले शेखरलाई सभापतिको उम्मेदवार मान्न आफू तयार रहेको बरु अरू नेताहरूलाई मनाउनुपर्ने बताए । कांग्रेसको नेतृत्व कोइराला परिवारमा ल्याउन आफू बाधक नबन्ने महामन्त्री कोइरालाको भनाइ छ । सर्लाहीमा आयोजित कार्यक्रममा उनले भनेका छन्, ‘म मिलाउने काम गर्छु, जिताउने काम गर्छु । पार्टीको नेतृत्व फर्काउन म बाधक हुन्नँ ।’

उनले शेखर र आफू मिलेर जानुपर्ने कार्यकर्ताको भावनालाई सम्मान गर्दै अघि बढ्ने पनि बताएका छन् । ‘शेखर दाइ पनि लागिरहनुभएको छ । उहाँ र म मिलेर जानुपर्छ भन्ने तपाईंहरूको भावनालाई म सम्मान गर्छु, कदर गर्छु,’ उनले भनेका छन् ।

नेता शेखर कोइरालाले महामन्त्री सशांक र आफूबीचको छलफल सकारात्मक हुँदै गएको बताए ।

प्रकाशित मिति: Nov 17, 2021

प्रतिक्रिया दिनुहोस्