Logo
४ आश्विन २०८१, शुक्रबार
(November 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेरि अधिवेशन गर्न माग गर्दै सानेपामा डडेल्धुरा कांग्रेसको अनसन

वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सुनुवार्इ नगरेको भन्दै नेपाली काँग्रेस डेडलधुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा रिले अनसन सुरु गरेका छन ।

पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरीत गराइएको वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने भन्दै उनीहरुले बुधबारबाट पार्टी केन्द्रिय कार्यालयमा रिले अनसन सुरु गरेका हुन । डडेलधुराका हजारौं पार्टी नेता, कार्यकर्ताको भावना अनुसार पुनः अधिवेशन गर्न गरिएको मागको केन्द्रीय सभापति शेरबहादुर देउवाले सुनुवाइ नगरेपछि आफूहरुले बाध्य भएर केन्द्रीय कार्यालयमै रिले अनसन सुरु गर्नु परेको सभापति मल्लको भनाइ छ ।

‘७६ जिल्लामा एउटा प्रक्रियाबाट अधिवेशन भई राखेको छ । डडेलधुरामा उहाँकै संरक्षणमा एउटा गुटको अधिवेशन हुन गई राखेको छ । यो अन्याय भयो, अत्याचार भयो । यो नेपाली काँग्रेसको विधान, नियमावली, पार्टीको निर्वाचन निर्देर्शिकाको खिलाफमा भयो,’ उनले भने, ‘सबैलाई अभिभावकत्व दिने गरी अधिवेशन होस् भनेर हामीले भदौं २३ गतेदेखि निरन्तर यही कात्तिक २२ गतेसम्म सभापतिजीलाई लिखित रुपमा र मौखिक रुपमा आग्रह ग¥यौं, अनुरोध ग¥यौं । ११–११ दिनसम्म सयौं साथीहरु डडेलधुरा पार्टी कार्यालयमा अनसन बस्यौं । हजारौं डडेलधुराका काँग्रेसका दाजु–भाइ तथा दिदीबहिनीहरुले त्यसलाई समर्थन जनाए । अहिलेसम्म पनि त्यसको सुनुवाई नभएपश्चात म नजन्मदै काँग्रेस भएका अभिभावकहरु बाध्य भएर अनसन बस्न बाध्य छन । न्यायका लागि यो भन्दा दुःखद कुरा अरु के हुन्छ ?’

प्रकाशित मिति: Nov 17, 2021

प्रतिक्रिया दिनुहोस्