Logo
४ आश्विन २०८१, शुक्रबार
(November 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च भित्र भइरहेको आन्दोलन कमजोर बन्दै, चार न्यायाधीश नियमित काममा फर्किए

सर्वोच्च अदालतका चार न्यायाधीश नियमित काममा फर्किएका छन्।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा नहेरेका चार न्यायाधीशहरु मंगलबारदेखि नियमित काममा फर्किएका हुन् ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ र मनोज शर्मा तथा तेजबहादुर केसी र कुमार रेग्मीले आफूहरुको इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको पनि सुनुवाइ गरेका हुन् ।

न्यायाधीशहरु प्रकाश ढुंगाना र कुमार चुडालको इजलासमा भने बन्दीको मुद्दा मात्रै हेरिएको छ । अरु मुद्दालाई उनीहरुले हेर्न नभ्याउनेमा राखेका छन् । बाँकी रहेका न्यायाधीशहरु बारका पदाधिकारीसँगको छलफलमा छन् ।

गएको कात्तिक ८ गतेदेखि न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै इजलास नबस्ने र बसे पनि बन्दीका मुद्दा मात्रै हेर्ने गरेका छन् ।

तर मंगलबार दुई इजलासमा रहेका चार न्यायाधीशले बन्दी बाहेकका नियमित मुद्दा पनि हेरेका हुन् । यसले प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने विषयमा न्यायाधीशरु विभाजित भएको देखिएको छ र, सर्वोच्च भित्र भइरहेको आन्दोलन कमजोर बन्दै गएको छ ।

प्रकाशित मिति: Nov 16, 2021

प्रतिक्रिया दिनुहोस्