Logo
७ पुस २०८१, आईतबार
(November 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बार एशोसिएशनले गर्यो प्रधानन्यायाधीश सम्वादमा आउन गरेको आह्वानलाई अस्विकार

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वार्ता तथा सम्वादमा आउन गरेको आह्वानलाई अस्विकार गरेको छ ।
आज विहानमात्रै प्रधानन्यायाधीश जबराले न्यायालयलाई यसरी सधैं बन्धक बनाएर राख्न नहुने भन्दै तत्काल वार्तामा आउन नेपाल बार र सर्वोच्च अदालत बार दुवैलाई आह्वान गरेका थिए । तर, बार पदाधिकारीको बैठकले प्रधानन्यायाधीश जबराले बोलाएको वार्तामा नजाने निश्कर्ष निकालेको छ ।

बरु, प्रधानन्यायाधीश जबरालाई विज्ञप्तीमार्फत नै जवाफ दिने भएको छ । बार परिसरमा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले विज्ञप्ती नमागेको बताए ।

उनले भने,‘हामीले वक्तव्य मागेका होइनौँ राजीनामा मागेका हौँ । राजीनामा दिनुस् । हामी तपाईँसँग वार्तामा बस्दैनौं ।”उता, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले पनि राजीनामा दिनुपर्ने अडान राखे । उनले प्रधानन्यायाधीश जबरालाई आफूहरुले विज्ञप्तीमार्फत नै जवाफ दिने बताए ।प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएको बारले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने भन्दै आएको छ ।

प्रकाशित मिति: Nov 15, 2021

प्रतिक्रिया दिनुहोस्