आज पनि एक नम्बर गेटबाटै सर्वोच्च छिरे प्रधानन्यायाधीश
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आज पनि एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालत प्रवेश गरेका छन् ।
उनी एक नम्बर गेट प्रयोग गरेर सर्वोच्चभित्र प्रवेश गरेका हुन् । एक नम्बर गेटमा प्रहरीले कानुन व्यवसायीहरूलाई धर्ना दिन रोक लगाएको छ ।
कानुन व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसेका छन् ।साथै आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई प्रधानन्यायाधीशजबराले संवादमा आउन आह्वान गरेका छन् ।
आज विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन आह्वान गरेका हुन् ।