सर्वोच्च परिसरमा कानुन व्यवसायीको आन्दोलनको रिपोर्टिङ गर्न जाने पत्रकारहरूलाई प्रवेश निषेध
प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै जारी आन्दोलनको रिपोर्टिङ गर्न जाने पत्रकारहरूलाई सर्वोच्च परिसरमा प्रवेश निषेध गरीएको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानुन व्यवसायीले जारी राखेको आन्दोलनको रिपोर्टिङ गर्न जाने पत्रकारहरूलाई प्रवेश निषेध गरिएको हो ।
आइतबारसम्म पत्रकारहरू सर्वोच्च परिसरभित्रै प्रवेश गरी रिपोर्टिङ गर्दै आएका थिए । सोमबार भने पास भएका पत्रकारहरूलाई समेत प्रहरीले प्रवेशमा रोक लगाएको छ ।
आज पास भएका र नभएका सबै पत्रकारहरूलाई प्रवेश गर्न नदिने बताइएको छ ।प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरूले कात्तिक १४ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।