Logo
३० कार्तिक २०८१, शुक्रबार
(November 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीमा दुई पार्टी विलय हुँदै

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकीकरण हुने भएको छ ।

विवेकशील साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले दुई-तिहाइ बहुमतका साथ एकताको सहमतिपत्रलाई अनुमोदन गरेको हो । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने र, कार्यकारी अध्यक्ष रविन्द्र मिश्र नै रहने विवेकशीलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विवेकशील साझाका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिअनुसार सिटिजन्स डिसकशन फोरम बृहत्तर राजनीतिक शक्ति निर्माणका लागि गत डेढ वर्षदेखि नियमित रूपमा बहस चलाउँदै आएको विभिन्न पेसाकर्मी, अभियानकर्मी र राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूको समूह र २०७१ सालमा भ्रष्टाचारविरोधी अभियानका रूपमा स्थापना भएको राष्ट्रिय जनता दरबार अभियान यसै वर्ष गत वैशाखमा राष्ट्रिय जनता दरबार पार्टीमा परिणत भएको हो ।

सिटिजन्स डिसकशन फोरमबाट ३५ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १९ जना गरी विवेकशील साझा पार्टीको नयाँ बन्ने केन्द्रीय समितिमा ५४ जना सामेल हुने बताइएको छ । यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जनाको सहभागिता रहने छ। एकीकरण पश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय हुनेछ ।

 

प्रकाशित मिति: Nov 14, 2021

प्रतिक्रिया दिनुहोस्