Logo
१५ पुस २०८१, सोमबार
(November 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा कानून व्यवसायीको धर्ना

प्रधानन्यायाधीशको राजीनामाको माग गदै आज पनि सर्वोच्च अदालतको गेटमा कानून व्यवसायीहरूले धर्ना दिएका छन् । प्रधानन्यायाधीश

चोलेन्द्रशमशेर जबरालाई मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित दुई सातादेखि आन्दोलनरत कानून व्यवसायीहरूले कार्यालय समय अगावै गेटमा धर्ना दिन पुगेका हुन् ।

गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानून व्यवसायीहरूले प्रदर्शन गरेका थिए । तर प्रधानन्यायाधीश जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए ।

नेपाल बारको कार्यालयबाट सर्वोच्च छिर्ने गेट भने आज पनि बन्द गरिएको छ । जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने पक्षमा छन् ।

प्रकाशित मिति: Nov 14, 2021

प्रतिक्रिया दिनुहोस्