Logo
९ मंसिर २०८१, आईतबार
(November 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगर कारागारमा एक कैदीको शंकास्पद मृत्यु

प्रदेश नं १ स्थित विराटनगरको हाटखोलास्थित मोरङ कारागारमा एक जना कैदीको शंकास्पद मृत्यु भएको छ ।

जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गर्दै आएका मोरङ सुनवर्षी नगरपालिका इटहरा घर भएका ४३ वर्षीय नारायण थापा बिहीबार बिहान राती १ बजे शंकास्पद मृत्यु भएको हो ।

जबरजस्ति करणी मुद्दामा १० वर्ष कैद सजाय अदालतले तोकेपछि उनी २०७२ भदौ १ गतेदेखि मोरङ कारागारमा छन् । राती एक्कासि पेट दुखेर श्वासप्रश्वासमा समस्या भएको जानकारी आएपछि तत्काल उपचारको लागि कोशी अस्पताल लैजाने क्रममा कैदीको बाटोमा मृत्यु भएको निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए ।

‘कैदीको पेट र सास फेर्न समस्या भएको जानकारी पाए लगतै हामीले उपचारको लागि अस्पताल लैजाँदै गरेका थियौ । तर, उनको बाटामै मृत्यु भयो,’ उनले भने, ‘अहिले हामीले परिवारलाई जानकारी गराएका छौँ ।’ मृतक शव अहिले कोशी अस्पतालमा राखिएको छ ।

मोरङ कारागारमा केही दिनयतादेखि चौकीदार प्रकरणले अशान्त बन्दै जाँदा थापालाई रातभर कुटेर मारिएको आफन्तले गुनासो गरेका छन् । मृत्यु भएका भनिएका थापा तत्कालीन चौकीदार नविन राई समूहका थिए ।

सरकार फेरिएसँगै विराटनगर कारागारमा सरुवा गरिएका अभिषेक गिरीविरुद्ध आन्दोलनमा उत्रिएका राईलाई सरुवा गरिएको थियो । त्यसपछि किरण गुरुङलाई निमित्त चौकीदार बनाइएको थियो ।

गुरुङलाई चौकीदारको जिम्मेवारी दिएपछि पुनः गिरीलाई ल्याउने कसरत गरिएको थियो । तर, गुरुङ समूहले पनि गिरीलाई ल्याउनेविरुद्ध आन्दोलन गरेपछि उनको समूह विरुद्ध कार्तिक कामतको समूहले विद्रोह गरेको थियो ।

दुई दिन अगाडी कारागार भित्र भएको झडपमा चौकीदार गुरुङसहित ६ जना घाइते भएका थिए । त्यस क्रममा गुरुङ समूहका १४ जनालाई सरुवा गरिएको थियो ।

प्रशासनले त्यसपछि गुरुङसहित १४ जनालाई सरुवा गरेर कामतलाई निमित्त चौकीदारको जिम्मेवारी दुई दिन अगाडी मात्रै दिएको थियो । कामत अगाडीका दुई जना चौकीदारको समूहमा रहेकाहरूलाई अहिले कारागार भित्रै यातना दिन थालिएको छ ।

कामत गिरी समर्थित रहेको दाबी गरिन्छ । गिरीलाई तिहार अगाडी विराटनगर कारागार ल्याइएपछि त्यहाँ विरोध भएको थियो । विरोधपछि तत्कालै सप्तरी पठाइएको थियो ।

गिरीले अहिले सप्तरी कारागारमा बसेर उनीसँग निकट रहेका व्यक्तिहरूलाई कारागार भित्र हुलदंघा मच्चाउन उक्साउने गरेको आशंका गरिन्छ ।

मोरङ कारागारमा बुधबार रातीसम्म पुरुष तर्फ ८ सय ९७ र महिला तर्फ ७२ जना कैदीबन्दी रहेका छन् ।

 

प्रकाशित मिति: Nov 11, 2021

प्रतिक्रिया दिनुहोस्