सर्वोच्च परिसरभित्र वकिलहरुले गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप
सर्वोच्च अदालत परिसरभित्र कानुन व्यवसायीहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै वकिलहरूले आन्दोलन गरीरहेका छन् ।
प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनले घोषणा गरेको दोस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत आज बिहान १० बजेदेखि १२ बजेसम्म कालो पट्टी बाँधेर अदालत र न्यायाधिकरणमा धर्ना दिएका थिए । प्रहरीको हस्तक्षपछि अहिले सर्वोच्च अदालत परिसरभित्र हुलदंगा भएको छ ।