Logo
१५ पुस २०८१, सोमबार
(November 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुदैन : सिटौला

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसको महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन नहुने बताएका छन् ।

काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै सिटौलाले काँग्रेस महाधिवेशन समयमै गर्नुपर्ने र अहिलेको कार्यतालिका एक दिन पनि परिवर्तन गर्ने ठाउँ नरहेको उल्लेख गर्दै यसलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

नेता सिटौलाले प्रतिगमनविरुद्धको आन्दोलनमा तत्कालीन अवस्थामा प्राध्यापकलगायत नागरिक समाजले खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।

उनले अझै पनि राजनीतिक क्षेत्रमा गर्नुपर्ने धेरै काम बाँकी रहेको उल्लेख गर्दै राजनीतिक व्यवस्थाको स्थायित्वका लागि सबैको खबरदारीको आवश्यकता औँल्याए ।

कार्यक्रममा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानका अध्यक्ष एवं सङ्घीय सांसद भीमसेनदास प्रधानले हाल भइरहेको सर्वोच्च अदालतको विवादको उचित समाधान निकाल्न सरकारसँग आग्रह गरे।

काँग्रेसका पूर्व जिल्ला सभापति तीर्थराम डङ्गोल र प्रा धर्मकान्त बास्तोलाले प्रजातन्त्र स्थापना र पुनर्स्थापना गणेशमान सिंहको योगदान इतिहासले बिर्सन नसक्ने बताएका थिए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले २०६२/६३ को जनआन्दोलन सफल पार्न आम प्राध्यापकको नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेपाल प्राध्यापक सङ्घका तत्कालीन अध्यक्ष प्रा खगेन्द्रप्रसाद भट्टराईलाई स्वर्ण पदकबाट विभूषित गरेका थिए ।

प्रकाशित मिति: Nov 10, 2021

प्रतिक्रिया दिनुहोस्