Logo
९ मंसिर २०८१, आईतबार
(November 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगर कारागार दुई समूहबीच भिडन्त, चौकीदार गुरुङसहित ६ घाइते

प्रदेश नं १ स्थित विराटनगरमा कैदीबन्दीको दुई समूहबीच भिडन्तले विराटनगर कारागार तनावग्रस्त बनेको छ ।

कारागारका चौकीदार किरण गुरुङले यातना दिएको भन्दै कैदी बन्दीहरूबिच मंगबलार १० बजे कारागारमा झडप भएको हो । झडपमा परि चौकीदार गुरुङसहित ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा नाइके किरण गुरुङ, शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सुर्यदिप गुप्ता रहेका छन् । घाइते हुने कैदी बन्दीहरूलाई सामान्य चोटपटक लागेकोले उपचारको लागि कोशी अस्पताल पढाएको जेलर रामप्रसाद पोखरेलले जानकारी दिए ।

चौकीदार गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको भन्दै यहाँका कैदी बन्दीहरू आन्दोलित भएका थिए । चौकीदार गुरुङको शोषण र यातना सहन नसकेपछि गुरुङसहित उनका समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई यहाँका कैदी बन्दीहरूले एउटा कोठामा थुनिदिए ।

त्यसपछि कैदी बन्दीहरूबिच दोहोरो झडप भएको कारागार स्रोतले जानकारी दिएको छ । कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोग्दै आएका गुरुङले कैदी बन्दीहरूलाई यातना दिने गरेको आरोप छ ।

गुरुङ समूहविरुद्ध विद्रोह गर्ने क्रममा १४ जना नाइके र भाइ नाइकेहरुलाई कैदीबन्दीले कोठामा थुनिदिएका थिए । त्यस क्रममा दोहोरो झडप भएको थियो ।

यातना र अत्याचार सहन नसकेपछि अन्य कैदी बन्दीहरूले चौकीदार गुरुङसहित नाइके र भाइ नाइकेहरू पदम कुमार लिम्बु, निर्मल ढकाल, राम कुमार राई, रमेश मण्डल, शेखर राई, विशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सुर्यदिप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राईलाई एउटा कोठामा थुनिदिएका थिए । थुनिएका कैदी बन्दीहरूलाई अहिले बाहिर निकालेपछि कारागार भित्रको माहौल शान्त भएको जेलर पोखरेलले बताए ।

गुरुङ समूहका १४ जनालाई जेलबाट निकालेर अन्यत्र कारागारमा लाने तयारी भएको बुझिएको छ । उनीहरुलाई भित्र लाँदा जेलभित्र भिडन्तको खतरा बढेपछि सार्न लागिएको हो ।

विराटनगरस्थित कारागारमा किरण गुरुङ नेतृत्वको समूह हावी थियो । उक्त समूहले अभिषेक गिरीलाई डिल्लीबजारबाट लगिंदा विरोध गरेका थिए । त्यसपछि गिरीलाई सप्तरी कारागारमा लगिएको थियो ।

कारागारमा चौकीदार र नाइके बनेर समूह खडा गर्ने परिपाठीले भिडन्तका घटनाहरु हुने गरेको छ । विभिन्न समूह खडा भई भिडन्तका घटनाहरु हुने गरेको छ ।

१४ जनालाई कुन कारागारमा पठाउने भन्ने निर्णय भने भई नसकेको उनले बताए ।यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा जेल परेका अभिषेक गिरीलाई मोरङ सरुवा गरिएपछि कैदी बन्दी दिनभरि आन्दोलनमा उत्रिएका थिए ।

गिरीलाई डिल्लीबजार कारागारबाट मोरङमा गत मंगलबार बिहान साढे पाँच बजे ल्याइएपछि विरोधमा यहाँका कैदीहरूले दिनभरि आन्दोलनमा उत्रिए । त्यस बेला चौकीदार गुरुङको नेतृत्वमा यहाँका कैदी बन्दी आन्दोलित बनेका थिए ।

दिनभरि कैदी बन्दी आन्दोलित भएपछि गिरीलाई सप्तरी कारागार पठाएको छ ।

 

 

 

प्रकाशित मिति: Nov 9, 2021

प्रतिक्रिया दिनुहोस्