बार अध्यक्षले भने : ‘प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके भएकोले न्याय पाउन सकिँदैन’
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बिचौलियाका नाइके भएको आरोप लगाएका छन् ।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै श्रेष्ठले भने,‘न्यायपालिकाको धरोहर उच्च राख्नका लागि आन्दोलन जारी छ उहाँको इजलासबाट न्याय पाउन सक्दैनौँ,’ अध्यक्ष श्रेष्ठले भने,‘ प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्, उनीबाट न्याय पाउन सकिँदैन ।’
साथै श्रेष्ठले अहिलेकोअहिलेको अवस्थामा प्रधानन्यायाधीश जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह समेत गरेका छन् ।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राजीनामा र महाभियोगका लागि पर्याप्त आधार तयार भइसकेको बताए ।
उनले प्रधानन्यायाधीशको अभिव्यक्तिले न्यायालयको चीरहरण भएको बताए । ‘अब १९ जनाले न्यायाधीशले इन्क्वाइरी कमिटी बनाउनुहोस्,’ उनले भने ।
अहिले न्यायाधीशहरू पनि आन्दोलनरत भएकाले के आधारमा आन्दोलनमा लागेको हो त्यसका सबै कारणहरू अब सार्वजनिक गर्नुपर्ने उनले बताए ।
न्यायालयमा यस्तो हुँदा पनि सत्ता गठबन्धन मौन बसेकोमा अब प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनविरुद्ध पनि आवाज उठाउनुपर्ने उनले बताए ।