Logo
३ माघ २०८१, बिहीबार
(November 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई देशबिचको सम्वन्ध बलियो बनाउने प्रधानमन्त्री देउवा र मोदीको प्रतिबद्धता

भारतीय प्रधानमन्त्री नरेन्द्र मादी र प्रधानमन्त्री शेरबहादुर देउवाबिच मंगलबार भएको भेटवार्तामा दुई देशबिचको सम्वन्ध बलियो बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

ग्लास्गोमा भएको औपचारिक भेटवार्तामा दुवै प्रधानमन्त्रीले द्विपक्षीय सहयोगका विषयमा समेत छलफल गरेका थिए ।

प्रधानमन्त्री भएपछि देउवाले पहिलो पटक गरेको मोदीसँगको भेट गम्भीर र सुमधुर भएको संक्षिप्त प्रतिक्रिया दिए । ‘मैले उहाँलाई नेपाल भ्रमणको निम्तो दिएँ, उहाँले पनि भारत भ्रमणको निम्तो दिनुभयो,’ उनले भने, ‘द्विपक्षीय भ्रमणबारे काठमाडौँ पुगेपछि मितिको टुङ्गो गरिनेछ ।’

जलवायु परिवर्तनसम्बन्धी २६ औँ सम्मेलन (कोप-२६) को उच्चस्तरीय सत्र (विश्व लिडर्स सम्मेलन) मा भाग लिन आइतबार साँझ ग्लास्गो आएका प्रधानमन्त्री देउवा र मोदीले त्यही दिन अनौपचारिक भेटवार्ता गरे पनि मंगलबार बिहान द्विपक्षीय औपचारिक भेटवार्ता भएको हो ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले ग्लास्गोस्थित कोप २६ आयोजना स्थल ‘स्कटिस एक्जिबिसन सेन्टर’ मा प्रधानमन्त्री देउवा र मोदीबिच द्विपक्षीय भेटवार्ता भएको जानकारी दिए ।

लिम्पियाधुरा, लिपुलेक, कालापानीको सीमा विवादका कुरामा नेपाल र भारतका बीचमा सम्बन्ध सुधार हुन नसकिरहेको बेला देउवा र मोदीबिच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेपाल र भारतबिच पछिल्लो समय सीमा, दार्चुलाको तुइन घटनालगायतका विषय उठेका छन् तर मंगलबारको भेटवार्तामा ती विषयमा कुराकानी भएरनभएको भन्नेबारेमा दुवै पक्षले खुलाएको छैन ।

 

प्रकाशित मिति: Nov 3, 2021

प्रतिक्रिया दिनुहोस्