Logo
८ पुस २०८१, सोमबार
(November 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीहरुको विरोध

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै तेस्रो दिन पनि कानून व्यवसायीहरुले विरोध कार्यक्रम गरेका छन् ।

नेपाल बार एशोसिएसनको अगुवाइमा प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँच दिने समय सीमाको आज अन्तिम दिन पनि कानुन व्यवसायीहरुले हातमा कालो पट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् ।

आज सम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने निर्णय नेपाल बार एशोसिएसनले गरेको छ ।प्रधानन्यायाधीश जबराले विकृति,विसङ्गति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै कात्तिक १४ गतेदेखि एक घण्टा धर्ना दिँदै आएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश जबराको सम्मानजनक बहिर्गमन भनेकै राजीनामा भएको बताएका छन् । राजीनामा बाहेक अन्य विकल्प नभएको उनको भनाइ छ ।

सर्वोच्च अदालत परिसरमा आज तेस्रो दिनको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता अर्यालले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए प्रतिवाद गर्ने बताए ।प्रधानन्यायाधीश जबराले भने कसैले माग्दै राजीनामा नदिने अडान राख्दै आएका छन् ।

प्रकाशित मिति: Nov 2, 2021

प्रतिक्रिया दिनुहोस्