प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज शपथ लिँदै
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राइले प्रदेश १ को मुख्यमन्त्रीमा आज शपथ लिदैँ छन् ।
प्रदेश प्रमसख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री राईलाई दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।
मुख्यमन्त्रीको शपथ लिएसँगै राईले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्दै छन्। यद्यपि मन्त्रीको टुङ्गो भने लागिसकेको छैन।
मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन लागेको हो।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठन आह्वान गरे लगत्तै गठबन्धनमा आबद्ध दलहरूले नेकपा एकीकृत समाजवादीका नेता राईलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए।