प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबिच ग्लास्गोमा भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच सोमबार स्कटल्यान्डको ग्लास्गोमा भेटवार्ता भएको छ ।
जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा सहभागी विश्व नेताहरुको शिखर बैठकको क्रममा ग्लास्गोमा सोमबार प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता भएको हो ।
भेटवार्तामा आफूहरुबीच हिमालय क्षेत्रको दिगो विकास र सहकार्यबारे कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्विटमा उल्लेख गरेका छन् ।यस्तै, भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री देउवाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनको मुद्दाबारे प्रभावकारी ढङ्गले उठाएको बताएका छन् ।
आगामी दिनमा दिगो विकासका लागि आफूहरुबीचको सहकार्य महत्त्वपूर्ण रहेको पनि उल्लेख गरेका छन् ।
Glad to have met PM @Narendramodi ji at @COP26. Sustainable development is vital — especially for the future of our shared Himalayan region, which is particularly vulnerable. I thank him for highlighting this and stressing the importance of working together! https://t.co/jnbFhKxSJT
— Sher Bahadur Deuba (@SherBDeuba) November 2, 2021