Logo
२ माघ २०८१, बुधबार
(November 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले पुँजीगत खर्च बढाउन नसकेका कारण तरलताको अभाव बढ्यो : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो वर्ष सरकारले पुँजीगत खर्च बढाउन नसकेका कारण तरलताको अभाव बढेको बताएका छन् ।

‘अपेक्षाभन्दा निकै राम्रो गतिमा पुनरुत्थान भयो,’ नेपाल आर्थिक पत्रकार समाज ९सेजन०ले सोमबार आयोजना गरेको गहिरिँदो तरलता अभाव : कारण र समाधान विषयक अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले भने, ‘तर यसको चाप तरलतामा प्रत्यक्ष रुपमा परेको हो ।’

सरकार र नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षमा लिएका पुनरुत्थान प्याकेजहरुको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिएको उनले बताए ।

यसमा निजी क्षेत्रको उत्साह, नेपाल राष्ट्र बैंक र सरकारको प्रयासले अर्थतन्त्र रिकोभरी छिटो हुन सम्भव भएको बताए ।यही उत्साहका बीचमा बैंक तथा वित्तीय संस्था गम्भीर हुन नसकेको परिणाम अहिले देखिएको उनले बताए ।

बैंक तथा बित्तीय संस्थाले हाड हेरेर घाँटी निल्नु पर्ने भनाइमा गम्भीर नभएका कारण अहिले समस्या देखियको उनले बताए ।यद्यपि अहिले पनि तरलता अभावका कारण कर्जा नै नपाइने हो कि भनेर चिन्तिन भने हुनु नपर्ने उनको भनाइ छ ।

‘अब कर्जा नै नपाइने हो कि भन्ने चिन्ता भने गर्नु पर्दैन,’ उनले भने,’ यत्ती हो, वास्तविक लगानीकर्ताले ढिलो चाँडो कर्जा पाउँछन् ।’

बैंकमा आएको चेक बाउन्स नहुने र त्यो अभाव हुन पनि नदिने उनले बताए । राजनीति परिवर्तनका कारण समेत तरलता सम्स्या आएको उनको भनाइ छ ।

उनका अनुसार साउन यता ३५१ अर्ब कर्जा लगानी भएको छ । यो बीचमा निक्षेप सङ्कलन भने १ खर्ब समेत नपुगेको उनले जानकारी दिए ।

सोही कारण तरलताको समस्या देखियको हो ।यो वर्ष गएको ऋण मध्ये ५० प्रतिशत वस्तु आयातका लागि गएको भन्दै स्वदेशमै लगानी हुन सकेको भए कुनै न कुनै माध्यमबाट तरलता व्यवस्थापन हुन सक्ने उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सेखर गोल्छाले यो वर्ष सरकारले पुँजीगत खर्च बढाउन नसकेका कारण तरलताको अभाव बढेको बताए ।

सरकारी ट्रेजरीमा सात खर्ब रकम अड्किएको उनले बताए ।तरलता अभावले ४५ लाख शेयर लगानीकर्ता समेत प्रभावित हुने उनले बताए । उनले आयातमा कडाइ गर्ने भन्दा निर्यात बढाउने र पर्यटक बढाउन तर्फ सरकारले बढी ध्यान दिनु पर्ने आग्रह गरे ।

नेपाल बैंकर्ष संघका अध्यक्ष भुवन दाहालले बैंकहरुले घाँटी हेरेर हाड निल्न नसकेकै कारण अहिलेको अवस्था आएको स्वीकार गरे ।

 

प्रकाशित मिति: Nov 1, 2021

प्रतिक्रिया दिनुहोस्