Logo
२७ पुस २०८१, शनिबार
(November 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेशका ३ मन्त्री आज पदमुक्त हुँदै

कर्णाली प्रदेश सरकारका आज तीन जना मन्त्रीहरु पदमुक्त हुदैँ छन् । सांसद पदमा निर्वाचित नरहेको व्यक्ति ६ महिना भन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्था अनुसार कर्णाली प्रदेशमा आज तीन जना मन्त्री पदमुक्त हुन लागेका हुन् ।

प्रदेशसभा सदस्य नरहेका नेकपा एकीकृत समाजवादीका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको पद आज सकिन लागेको हो ।

वैशाख २ गते फ्लोर क्रस गरेका उनीहरुलाई मुख्यमन्त्री शाहीले मन्त्रीमा नियुक्त गरेका थिए ।कर्णालीमा मुख्यमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् छ ।

तीन मन्त्री स्वतः पदमुक्त भएपछि केही दिनभित्रमै मन्त्रिपरिषद् पुनर्गठन हुने नेताहरूले बताएका छन् ।पार्टीको निर्णय विपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएपछि तत्कालीन पाटी एमालेले कारबाही गरी तीन जनालाई गत वैशाख ४ गते सांसदबाट हटाएको थियो ।

आफ्नो पार्टीका तीन मन्त्री पदमुक्त भएसँगै सो ठाउँमा आफ्नै पार्टीका तीन जनालाई पठाउने एकीकृत समाजवादी कर्णाली प्रदेशले निर्णय गरेको छ ।

हिजो बसेको प्रदेश कमिटीको बैठकले सो निर्णय गरेको हो ।

 

प्रकाशित मिति: Nov 1, 2021

प्रतिक्रिया दिनुहोस्