प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारका पदाधिकारीहरूले धर्ना दिँदै
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले आज आइतबार धर्ना दिँदै छन् ।
जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको बारको पदाधिकारीहरुले आज बिहान १० देखि ११ बजेसम्म सर्वोच्च अदालत परिसरमा धर्नामा बस्न लागिएको हो ।
नेपाल बारको अगुवाइमा वकिलहरू हातमा कालोपट्टी बाँधेर धर्नामा बस्नेछन् ।पछिल्लो समय प्रधानन्यायाधीश जबराको भूमिकामा प्रश्न उठेको र त्यसले न्यायालयलाई क्षति गर्ने भन्दै उनको राजीनामा माग गर्दै वकिलहरू आन्दोलित भएका हुन् ।