कपिलवस्तुमा करेन्ट लागेर एक युवकको मृत्यु
लुम्बिनी प्रदेश स्थित कपिलवस्तु जिल्लामा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।
कपिलबस्तुको विजयनगर गाउँपालिका-१ भागिरामपुर बस्ने ३३ वर्षीय सूर्य बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नो घर नजिक पानी तान्ने मोटरको चुडिएको तार जोड्न मुखले तार छिल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङको सन्जिवनी अस्पताल चन्द्रौटा हुँदै शिवराज अस्पताल बहादुरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।