बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी बागमतीका संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।
उनले ३:३० बजे हेटौंडा-१० स्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गर्दैछन् ।