Logo
४ आश्विन २०८१, शुक्रबार
(October 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजलासमा नबसेका सर्वोच्चका दुई न्यायाधीश भारततिर लागे

सर्वोच्च अदालतका दुई जना न्यायाधीश भारत प्रस्थान गरेका छन्।

जिल्ला अवलोकन भ्रमणमा निस्किएका न्यायाधीशद्वय सपना मल्ल प्रधान र अनिल कुमार सिन्हा आज बिहान भारतको लखनउतर्फ लागेका हुन्।

आज बिहान नेपाली सेनाको पुमा हेलिकोप्टरबाट उनीहरू नेपालगञ्ज पुगेका थिए। त्यहाँबाट न्यायाधीशद्वय एकै समयमा सँगसँगै एउटै गाडीमा भारत लागेका इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज मीनबहादुर विष्टले जानकारी दिए।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्व क्षमतामाथि प्रश्न उठिरहेका बेला न्यायाधीशद्वय बेला भारत लागेका हुन्। सोमबार र मंगलबार न्यायाधीशद्वय सर्वोच्चको इजलासमा गएका थिएनन्। आज बिहानैदेखि सर्वोच्चमा न्यायाधीशहरूको छलफल चलिरहेको छ।

प्रकाशित मिति: Oct 27, 2021

प्रतिक्रिया दिनुहोस्