Logo
९ मंसिर २०८१, आईतबार
(October 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गरीन् राजीनामाको घोषणा

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् ।प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राजीनामाको घोषणा गरिन् ।

प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुनु अघि उनले राजीनामा दिएकी हुन् ।उनले छोटो समयमा आफूलाई केही उपलब्धिमूलक काम गर्न सबै पक्षबाट सहयोग भएको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गरिन् ।

उनले संस्कारयुक्त बनौँ, आपसी द्वन्द्वलाई कम गरौं भन्ने मनसायले नै आफूले ‘मार्ग प्रशस्त’ गर्ने निर्णय लिएको उनले बताइन् ।

उनले संविधानको धारा १६९ को उपधारा १ ९क० मा भएको व्यवस्था अनुसार आफूले ‘मार्ग प्रशस्त’ गर्ने उनले प्रदेशसभा बैठकलाई जानकारी दिइन् ।

प्रकाशित मिति: Oct 27, 2021

प्रतिक्रिया दिनुहोस्