पूर्व न्यायाधीशको शोक प्रस्ताव पारित गर्न प्रधानन्यायाधीशसहित फुलकोर्ट बस्दै
पूर्व न्यायाधीश शारदाप्रसाद पण्डितको निधनको शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बस्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका गतिविधिप्रति आपत्ति जनाउँदै १४ न्यायाधीशहरूले यसअघि फुलकोर्टमा नजाने निर्णय गरे पनि आज भने शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बस्ने भएको छ ।
सरकारी वकिलबाट सेवा प्रवेश गरी न्यायाधीश समेत बनेका पण्डितको बुधबार निधन भएको हो ।शोकमा इजलास पनि नबस्ने परम्परा छ । प्रधानन्यायाधीश जबरा विवादमा परे पनि उनले बुधबारका लागि ११ वटा इजलास तोकेका थिए ।