Logo
७ पुस २०८१, आईतबार
(October 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवादका कारण सर्वोच्चमा आज पनि मुद्दाको सुनुवाइ हुन सकेन !

विवादका कारण सर्वोच्च अदालतमा आज पनि मुद्दाको सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न नसकेको हो ।

प्रधानन्यायाधीश जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ हुन सकेन ।

मंगलबार प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च अदालतका न्यायाधीशहरुले उनलाई राजीनामा दिन आग्रह गरेका थिए । तर प्रधानन्यायाधीश जबराले न्यायाधीशहरूलाई प्रश्न उठेका सबैले राजीनामा दिने भए आफूले पनि दिने बताएका छन् ।

जबराले न्यायाधीशहरूसँगको भेटघाटमा अरु न्यायाधीशहरूमाथि पनि प्रश्न उठेका छ ! प्रश्न उठेका सबैले राजीनामा दिउँ म पनि मार्ग प्रशस्त गर्छु, होइन भने मिडियाबाट उठेका विषयकै आधारमा राजीनामा दिँदै जाने हो भने न्यायपालिका बच्न सक्दैन भनेका थिए ।

त्यसपछि सर्वोच्चका न्यायाधीशहरु पुनः छलफलमा बसेका थिए । पछिल्लो छलफलले पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ भन्ने निश्कर्ष निकालेको बताइएको छ । सर्वोच्चमा मंगलबार प्रधानन्यायाधीशबाहेक १५ न्यायाधीश उपस्थित थिए ।

अब छलफल बुधबार साढे ११ बजे बस्ने बताइएको छ ।

प्रकाशित मिति: Oct 26, 2021

प्रतिक्रिया दिनुहोस्