Logo
७ पुस २०८१, आईतबार
(October 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोकिएको महाधिवेशनलाई अघाडि बढाउन कांग्रेस निर्वाचन समितिले आज पदाधिकारीसँग छलफल

रोकिएको महाधिवेशनलाई अघाडि बढाउन नेपाली कांग्रेसको निर्वाचन समितिले आज कांग्रेसका पदाधिकारीहरुसँग छलफल गर्ने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले कांग्रेसको रोकिएको महाधिवेशन प्रक्रिया अघि बढाउनेबारे आज पदाधिकारीहरुसँग छलपल गर्न लागेको हो ।

महाधिवेशन कार्यतालिका अनुसार गएको भदौ १८ गते वडा अधिवेशन थालेको कांग्रेसको यसपछिका कार्यतालिका भने प्रभावित भएका छन्।रसुवा र रौतहटको क्रियाशील सदस्यता विवाद अहिलेसम्म मिलेको छैन ।

बाँकी ११ जिल्लामा अधिवेशन प्रक्रिया सुरु गर्नेबारे हिजो केन्द्रीय निर्वाचन समितिको बैठकले नयाँ कार्यतालिकाको खाका तयार गरेको छ ।तल्लो तहको अधिवेशन प्रक्रिया सुरु भएको ६४ जिल्लामध्ये अहिलेसम्म ४६ जिल्लामा पालिकासम्मको अधिवेशन सकिएको छ भने १३ वटा जिल्ला अधिवेशन भएको छ ।

दशैँ अघि नै २१ वटा हिमाली जिल्लाको अधिवेशन सम्पन्न गर्ने भनिए पनि रसुवामा अधिवेशन प्रक्रिया नै सुरु भएको छैन । त्यस्तै, प्रदेश–२ को ८ जिल्लासहित डोल्पा, कैलाली, बाँके, सुर्खेतमा पनि अधिवेशन प्रक्रिया सुरु भएको छैन ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार त्यही खाकाबारे आज पदाधिकारीसँग छलफल गर्न लागिएको हो । पूर्व निर्धारित कार्यतालिका अनुसार कांग्रेसको असोज १८ गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने थियो भने भोलिदेखि १२ गतेसम्म प्रदेश अधिवेशन हुनु पर्ने थियो ।

तर, सभापति शेरबहादुर देउवाले नै समयमा महाधिवेशन गर्न चासो नदेखाएकाले ढिलाइ भइरहेको कांग्रेस नेताहरुको गुनासो छ । कांग्रेसको मंसिरमा महाधिवेशन गर्ने भनिए पनि अनिश्चित बन्दै गएको छ ।

प्रकाशित मिति: Oct 26, 2021

प्रतिक्रिया दिनुहोस्