अदालत लोकतन्त्रको स्तम्भ भएकाले निष्पक्ष र स्वतन्त्र न्यायालय हुनुर्पछ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालत लोकतन्त्रको स्तम्भ भएकाले निष्पक्ष र स्वतन्त्र न्यायालय हुनु पर्ने बताएका छन् ।
अदालत लोकतन्त्रको स्तम्भ भएको भन्दै उनले निष्पक्ष, स्वतन्त्र र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिमको न्यायालय हुनुपर्नेमा जोड दिए ।
आज मंगलबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अदालत लोकतन्त्रको स्तम्भ भएको भन्दै, ‘यस प्रकरणका क्रियाकलापहरू सम्मानित सर्वोच्च अदालतजस्ता ठाउँमा हुनु हुँदैन ।
’परमादेश अघिकै सेटिङ’का कारण तमासा भइरहेको उनको भनाइ थियो ।अर्को प्रसङ्गमा उनले संसद्ले पनि कुनै काम गर्न नसकेको बताए । ‘हामी सरकारमा हुँदा एक जना उभियो संसद्मा भने व्यवधान खडा भएको हुनाले संसद् स्थगित हुन्थ्यो,’ उनले भने, ‘अहिले नेकपा एमाले जस्तो देशको सबभन्दा ठुलो पार्टी र प्रमुख प्रतिपक्षले विरोध जनाउँदा जस्केलाबाट हाम फालेर, झ्यालबाट हाम फालेर, करिडोरबाट छिरेर, पछाडिको ढोकाबाट छिरेर, झ्यालबाट छिरेर मन्त्री आउने र कार्यक्रम सञ्चालन भयो भन्ने तमासा त छँदै छ नि !’