Logo
४ आश्विन २०८१, शुक्रबार
(October 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्र बैंकले कारबाही गरेका ५ फाइनान्सहरु यी हुन

नेपाल राष्ट्र बैंकले पाँच वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। बैंकले ललतिपुर, समृद्धि, गुडविल, सिटी एक्सप्रेस र जानकी फाइनान्सलाई काराबाही गरेको हो।

समृद्धि र गुडविललाई अनिवार्य मौज्दात तोकेअनुसार नभएको भन्दै कारबाही गरेको हो। बैंकले समृद्धिलाई १ लाख ३८ रुपैयाँ र गुडविललाई २ हजार ८ सयरुपैयाँ हर्जना तिराएको हो।

यसैगरी, विपन्न कर्जा शीर्षकमा गडबडी गरेको भन्दै २० लाख रुपैयाँ भन्दा बढी रुपैयाँ हर्जना तिराएको हो। यसैगरी जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार र सिटी एक्सप्रेसलाई २ लाख ५९ हजार रुपैयाँ हर्जना तिराएको हो।

यसैगरी ललितपुर फाइनान्सलाई सिसिडी अनुपात शीर्षकमा पनि ६४ हजार ५ सय ७२ रुपैयाँ हर्जना तिराएको हो।

प्रकाशित मिति: Oct 24, 2021

प्रतिक्रिया दिनुहोस्